नेपालमा पहिलो पटक दुई चिकित्सकले लगाउनुभयो कोरोनाको खोप (तस्बिरमा हेर्नुहोस् खोप कार्यक्रम )

काठमाडौँ । नेपालमा पहिलो पटक दुई चिकित्सकले कोरोनाको खोप लगाउनुभएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका दुई चिकित्सकले कोरोनाको खोप लगाउनुभएको हो ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र वरिष्ठ कन्सलट्यान्ट डा. अनुप बास्तोलाले कोरोनाविरुद्धको खोप (कोभिसिल्ड) लगाउनुभएको हो ।

उहाँहरूले बुधवार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप लगाउनुभएको हो । सरकारले पहिलो चरणमा अग्रपंतिमा रहेर काम गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारीलगायतलाई आजबाट खोप लगाउन सुरु गरेको छ ।


















प्रतिक्रिया राख्नुहोस्