तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका दसवटै स्थानीय तहमा शैक्षिक प्रोफाइल र शैक्षिक योजना बन्ने

सल्यान।सल्यानका दस वटै स्थानीय तहले शैक्षिक प्रोफाइल र शैक्षिक योजना बनाउने भएका छन् । हाल सम्मको विद्यमान अवस्थालाई बृहत रूपमा समेटेर शैक्षिक प्रोफाइल बनाउने भएका हुन । प्रोफाइल बनाएपछि पालिकाको शिक्षाको दीर्घकालीन लक्ष्य हासिल हुने गरी पालिका शिक्षा योजना बनाइने दार्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख शेर प्रसाद ढकालले बताउनुभयो ।

शिक्षा क्षेत्रमा स्थानीय तहले हासिल गरेका महत्वपूर्ण उपलब्धिलाई समेटेर विभिन्न शैक्षिक सूचकमा पालिकाको अवस्था झल्किनेगरी पार्शवचित्र बनाउन लागिएको उहाँको भनाई छ ।शारदा नगरपालिकामा शिक्षासँग सरोकार राख्ने सबैको सल्लाह बमोजिम योजना बनाउँने र वार्षिक रूपमा कति लक्ष्य हासिल भयो भनेर लेखोजोखा गर्ने परिपाटी समेत गरिने शारदा नगरपालिकाका शिक्षा शाखा प्रमुख लिलाधर बबालले बताउनुभयो ।

नेपाल सरकारले यसै आर्थिक वर्ष देखि सल्यान जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम लागू गरेपछि कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको आयोजनामा कार्यक्रम भएको हो ।शिक्षा समिति सल्यानका अध्यक्ष तथा जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर विष्टले जग बलियो भएमा शिक्षाको आधार बलियो हुने भएकोले प्रारम्भिक कक्षाको पढाइ सुधारका लागि स्थानीय तहले बनाउने नीति केन्द्रित हुनुपर्ने बताउनुभयो।

कार्यक्रमले जिल्लामा एकिकृत पाठ्यक्रममा आधारित प्रारम्भिक पढाइ कार्यक्रम सम्बन्धी शिक्षक तालिम, स्थानीय तहको शिक्षा शाखाको प्रणाली सुधार, शिक्षकको पेशागत सहयोग तथा कोरोनाको समयमा शैक्षिक क्रियाकलाप सम्बन्धी गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button