तपाईँ सुन्दै हुनुहुन्छः

मूल्यवृद्धिमा अधिकारकर्मीको चासो

बाँके । बजारमा कृत्रिम अभाव देखाउँदै उपभोक्ता सामाग्रीमा अत्यधिक मूल्यवृद्धि गरिएको भन्दै अधिकारकर्मीले चासो देखाएका छन् ।

व्यवसायीले तेल, चामल, दाल लगायतका खाद्य सामाग्रीको अस्वाभाविक मूल्य गरी उपभोक्ताको ढाड सेक्ने काम गरेको भन्दै अधिकारकर्मीहरूले त्यसलाई नियन्त्रणमा लिनुपर्ने बताएका हुन् । उत्पादन, खरिद र बिक्री मूल्यमा पछिल्ला दिनमा निकै फरक हुनसक्ने भन्दै अधिकारकर्मीहरूले त्यसको यकिन गरी यथोचित मूल्य निर्धारणमा जोड दिएका छन् ।

होटलहरुले एमआरपी मूल्य भन्दा दोब्बर तेब्बर मूल्यमा मिनिरल वाटर, कोक लगायतका पेय पदाथको बिक्री वितरण गरिरहेको, सिमेन्ट छड लगायतका निर्माण सामाग्रीको अत्यधिक मूल्य बढाउँदा उपभोक्ता मारमा परेकाले प्रभावकारी नियमनका लागि सरोकारवालाको ध्यानाकर्षण गराइएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले जानकारी दिनुभयो ।

व्यवसायीले विभिन्न बहानामा बस्तु तथा सेवाको मूल्य बढाएको विषयमा नियमनकारी निकायको ध्यान पुग्न नसकेको भन्दै उपभोक्ता अधिकारकर्मीले वस्तुको कृत्रिम अभाव गराउने, अस्वाभाविक मूल्य वृद्धि गरी उपभोक्ता ठगी गर्ने उपर कडा कानुनी कारबाही हुनुपर्ने गौतमले बताउनुभयो ।

उपभोक्ता अधिकारकर्मीसँगको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले कालो बजारी उपभोक्ता ठगिएका घटना हुन नदिन प्रशासन लागी परेको जानकारी दिनुभयो ।

नियमनकारी निकायबिचको आवश्यक समन्वय र प्रभावकारी नियमन गर्ने उद्देश्यले सरोकारवाला निकायबिच जिल्ला प्रशासन कार्यालय बाँकेमा समन्वय बैठक राखिएको प्रजिअ कुरुम्बाङ्गले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button