तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न मुद्दामा फरार १० जना व्यक्ति पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराधहरुमा संलग्न रही फरार रहेका र अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने अभियान अन्तर्गत आज १० जना फरार व्यक्ति पक्राउलाई गरेको छ ।

लागु औषध गाँजा मुद्दामा बिगत १ बर्षदेखि फरार रहेकी ब्यास नगरपालिका –२ भेटघाटचोक बस्ने बर्ष ३० की साहिदा भन्ने सना खान उपर तनहुँ जिल्ला अदालतको मिति २०७६ चैत्र ०४ गतेको फैसलाले ४ महिना कैद र ४ हजार रुपैयाँ जरिवाना रहेको र सम्बन्ध बिच्छेद मुद्दामा फरार ७ जना, जालसाजी मुद्दामा फरार १ जना र लुटपिट मुद्दामा फरार १ जना गरी १० जनालाई कार्यालय मातहत प्रहरी इकाइहरुबाट पक्राउ गरिएको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

यस्तै, पक्राउ परेकाहरुबाट ४ महिना कैद र १५ हजार ५०० रुपैयाँ जरिवाना भुक्तानको लागि जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button