तपाईँ सुन्दै हुनुहुन्छः

टिपरको ठक्करबाट दुई जनाको मृत्यु

File Photo

बर्दिवास । महोत्तरीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । जिल्लाको औरही नगरपालिका–४ कठुधारमा सोमवार विहान ८ः३० बजे ना८ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाईकललाई ठक्करदिदां मोटरसाईकलमा सवार दुईजनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक रंजन मिश्रले बताउनुभयो ।

मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधारका महबुल नदाफका १३ वर्षिय छोरा गुड्डु नदाफ र ठेगाना खुल्न नसकेको २० वर्षिय प्रमोद राम रहेका छन् ।गौशाला–सम्सी सडक खण्ड अन्तरगर्त कठुधार चौकमा सम्सीबाट गौशाला तर्पm आउँदै गरेको टिपरले दुवै जना सवार मोटरसाईकललाई ठक्कर दिएको थियो ।

घटना लगत्तै स्थानीयहरुले सडक अवरुद्ध गरि प्रर्दशन गरिरहेका छन् । यता, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएकोे प्रहरी निरीक्षक मिश्रले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button