छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

वीरगंज । बारा र रौतहटमा आज बिहान भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
बाराको पर्वानिपुर गाउँपालिका–४ चैनपुरमा ट्रकको ठक्करबाट पैदल यात्री भारतीय नागरिकको मृत्यु भएको हो ।
प्रदेश ३, ०३ ००१ ख ०००९ नम्बरको ट्रकको ठक्करबाट भारतीय नागरिक चन्दन गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गुप्ताको उपचारका क्रममा बीरगंजस्थित बयोधा अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसै गरी रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ४ मा ट्याक्टरमा भ्यान ठोक्किँदा भ्यानका चालकको घटनास्थलमै मृत्यु भएको छ ।
ना५त ९२ ८३ नम्बरको ट्याक्टरमा ना१ज ४८९५ नम्बरको भ्यानमा ठोक्किएर दुर्घटना हुँदा भ्यानका चालक रौतहटको गरुडा नगरपालिका वडा नम्बर ९ निवासी राजेशकुमार सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्