तपाईँ सुन्दै हुनुहुन्छः

मतदाता नामावली अद्यावधि सम्बन्धी अभिमुखीकरण तालिम

कञ्चनपुर । कञ्चनपुरमा सहायक नाम दर्ता अधिकारीहरूलाई आज एक दिन अभिमुखीकरण तालिमको आयोजना गरिएको छ ।

कञ्चनपुरमा जिल्ला निर्वाचन कार्यालयले नेपाल सरकारले घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यmम २०७७ सम्बन्धी एक दिने अभिमुखीकरण तालिमको आयोजना गरेको हो ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरद्वारा महेन्द्रनगरमा आयोजित अभिमुखीकरण तालिममा नौ वटै स्थानीय तहबाट न्यूक्त भएका सहायक नाम दर्ता अधिकारीहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी उदय राज जोशीले यही माघ १५ गतेदेखि २१ गतेसम्म जिल्लाभर मतदाता नामावली अद्यावधि गर्ने (दाबी बिरोध) कार्यक्रम सञ्चालन गर्ने, मृत्यु भएकाहरूको नाम हटाउने,कुनै त्रुटि भएका सच्चाउने तर ठेगानामा कुनै प्रकारको परिवर्तन गर्न नपाइने लगायतका जानकारी गराउनु भएको छ ।

साथै उहाँले आफ्नो पालिकाहरू आवश्यक प्रचार प्रसार गर्न समेत आग्रह गर्नु भएको छ ।

उहाँले जिल्लाका ९ वटै स्थानीय तहको केन्द्रीय कार्यालयमा नै मतदाता नामावली सच्याउने काम गरिने समेत बताउनु भएको छ ।

तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा करिब २ लाख ७७ हजार ५९ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button