तपाईँ सुन्दै हुनुहुन्छः

माघ १८ गतेसम्म खोप अभियान सञ्चालन गर्ने तयारी

file photo

काठमाडौँ । सरकारले भारतबाट प्राप्त भएको कोरोना भाइरस विरुद्धको खोप लगाउन यही माघ १८ गतेसम्म सबै जिल्लामा खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको र आवश्यकताका आधारमा जिल्ला अस्पतालमा खोप पुर्‍याउने तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता गौतमले सबै जिल्ला अस्पतालहरूमा खोपको भण्डारणका लागि आवश्यक पूर्वाधार तथा चिस्यान केन्द्रहरू रहेको हुनाले सबै जिल्लामा खोप अभियान सञ्चालन गर्न कुनै कठिनाइ नभएको पनि बताउनुभयो ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइको क्षेत्रमा काम गर्ने कर्मचारी लगायत कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरूलाई पहिलो चरणमा खोप लगाउने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button