कञ्चनपुरमा पहिलो चरणमा १५ हजारलाई कोरोना विरुद्धको खोप लगाइने
कञ्चनपुर । कञ्चनपुर जिल्लामा पहिलो चरणमा १५ हजार जनालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ ।
भारत सरकारको अनुदानमा नेपाल आएको कोरोना विरुद्धको खोप मध्ये कञ्चनपुर जिल्लाले पहिलो चरणमा १५ हजार जनाका लागि खोप आउने भएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराम सुनारले बताउनु भएको छ ।
उहाँले खोप भण्डारण र कोल्डचेन व्यवस्थापनका आवश्यक तयारी पुरा भएको समेत जनाउनु भएको छ ।
सम्भवतः आज प्रदेश कार्यालय र भोलिसम्म जिल्लामा कोरोना विरुद्धको खोप आइपुग्ने समेत उहाँले बताउनु भएको छ ।
पहिलो चरणमा कोरोना विरुद्धको खोप स्वास्थ्य कर्मी र स्वास्थ्य स्वयम सेवकहरूलाई लगाइने र त्यसपछि सुरक्षाकर्मी र ज्येष्ठ नागरिकहरूलाई लगाइने समेत उहाँले बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्