तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा बढ्यो चुनावी सरगर्मी,८१ मतदान केन्द्र निर्धारण 

जुम्ला । सरकारले घोषणा गरेको आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनको सरगर्मी जुम्लामा ह्वात्तै बढेको छ ।
संसद् विघटनका पक्ष विपक्षका विषयमा बहस चर्चा भइरहेकै बेला जिल्ला निर्वाचन कार्यालय जुम्लाले भने, मध्यावधि चुनावको तयारीमा जुटेको हो ।
बिहीबार जुम्लामा सम्पुर्ण राजनीतिक दल,सरकारी कार्यालय,नागरिक समाज र सम्चारकर्मीहरूको सहभागितामा मतदाता नामावली अद्यावधिक,दाबी विरोध तथा तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकृत कैलाश बहादुर ठकुराठीले माघ १५ गतेदेखि स्थानीय तहमा सात दिन र जिल्ला स्तरमा १२ दिन मतदाता नामावली अद्यावधिको काम गरिने  बताउनुभयो  । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जुम्लाभरी ७६ वटा मतदाता केन्द्र थिए । भने, यसपाली ५ वटा थपेर ८१ वटा मतदान केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो ।
मतदान स्थलसम्म नागरिकको सहज पहुँच पुराउन विकट गुठिचौर,पातारासी र सिञ्जा गाउँपालिकामा ५ वटा मतदान केन्द्र थपेको निर्वाचन अधिकृत ठकुराठीले उल्लेख गर्नुभयो । जुम्लामा २०७४ को चुनावमा ६२ हजार बढी मतदाता रहेकोमा गत पुस महिनासम्मर्मा  करिब ६७ हजार बढी मतदाता रहेको आयोगले जनाएको छ ।
निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने, मतदाता नामावलीमा मतदाताले आफ्नो नाम बिग्रिएको भएमा सच्याउने, मतदाता नामावलीमा हुने दोहोरोपना तथा त्रुटि घटाउने, हालसम्म जिल्लामा सङ्कलित मतदाता नामावलीलाई वैधानिकता दिने र आगामी वैशाखमा हुने निर्वाचनको लागी अद्यावधिक मतदाता नामावली तयार गर्ने लगायतका कामहरू अघि बढाएको छ । भने, तर गत पुस ५ गते सम्म १८ बर्ष उमेर पुगेका र फोटो सहितको मतदाता नामावली भएको सबैले मतदान गर्न पाउँछन् ।
बिहीबारको निर्वाचन तयारी कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख कार्मा बुढाले चुनाव भए पनि नभएपनि सरकारले घोषणा गरे अनुसार आफ्नो तयारी अघि बढाउनु राम्रो पक्ष भएको बताउनुभयो । सबै खाले नागरिकको मतदाता स्थलसम्म पहुँच पुग्ने गरी शान्तिपूर्ण ढङ्गबाट निर्वाचन हुने वातावरण तयार गर्न समेत उहाँले प्रहरी प्रशासनलाई सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्ने नेकपाका नेताहरूले अहिलेको देशको सृमद्धी, लोकतन्त्र, गणतन्त्रको रक्षाका लागि ताजा जनआदेशका लागि चुनावमा जानुको विकल्प नरहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले शान्ति र सौर्हाद रुपमा निर्वाचन सफल पार्न शान्ति सुरक्षाका दृष्टिले तयारी मजबुत हुने बताउनुभयो । आम नागरिकले अदालतको फैसला कुरेपनि आयोगको सर्कुलर अनुसार जिल्लामा चुनावको तयारी अघि बढेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button