तपाईँ सुन्दै हुनुहुन्छः

७ कर्मचारीसहित २२ जनामाथि मुद्दा चलाउन अदालतमा फाइल बुझाइयो

बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–१ स्थित रमतेल डाँडा सामुदायिक वनको जग्गा अतिक्रमण र वन कटानी प्रकरणमा डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीले आफ्नै कार्यालयका ७ कर्मचारीसहित २२ जनामाथि मुद्दा चलाउन अदालतमा फाइल बुझाएका छन् ।

सब–डिभिजन वन कार्यालय बर्दिबासका सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादवसहित सहरजमिन मुचुलकामा सहिछाप गर्ने जनप्रतिनिधि, स्थानीयवासी, मालपोत, नापी कार्यालयका कर्मचारीसहित २२ जनामाथि कारवाही गर्न अनुसन्धान फाइल बिहीबार जिल्ला अदालत महोत्तरीमा पेश गरिएको सहायक वन अधिकृत तथा घटनाका अनुसन्धान अधिकृत समेत रहनु भएका रामसुन्दर साहले बताउनुभयो ।

वन फडानी प्रकरणमा १ जना सहायक वन अधिकृत, १ जना फरेष्टर र ५ जना वन रक्षक, मालपोत कार्यालय बर्दिबासका निमित्त प्रमुख ओमप्रकाश खड्का, नापी कार्यालय बर्दिबासका अमिन राम दरश राउत, बर्दिबास नगरपालिका वडा नं. १ का वडा सदस्य शान्ता श्रेष्ठ, रमतेल डाँडा सामुदायिक वनका अध्यक्ष शेरबहादुर राउतमाथि मुद्दा चलाउन अदालतमा अनुसन्धान फाइल बुझाइएको हो ।

यस्तै, जग्गाधनी बर्दिबास नगरपालिका–१ का कृष्ण प्रसाद गौतम, लिलामणी आचार्यमाथि पनि अदालतमा मुद्दा दर्ता हुनेछ । वन कटानी र फँडानी प्रकरणमा जग्गाधनीलाई वन कार्यालयले मुख्य अभियुत्त बनाइएको छ । रुख कटान गरिएको ठाउँमा जग्गाधनीको एक इन्चपनि जग्गा नपरेको वन कार्यालयले जनाएको छ ।

यस्तै, रुख कटान गर्ने काठ व्यापारी सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का संदिप नेपालीमाथि पनि मुद्दा दर्ता गरिदैं छ । जग्गाधनीले २५ नम्बर बहादुरगंज ३(क) कित्ता नं.२ को १ विघा २ कठ्ठा ११ धुरको लालपुजा डिभिजन वन कार्यालयमा पेश गर्दै त्यहाँ भएको ३ सय ८५ जना रुख कटान गर्न २३ असोज २०७७ मा वनसंग आदेश मागेको थियो । त्यसलगत्तै वन, नापी, मालपोत कार्यालयको गएको स्थलत टोलीले जग्गाधनीले देखाएको जग्गाको नापी, रुखको अवस्था बारे मुचुलका गरेका थिए ।

नापी कार्यालय बर्दिबासका अमिन राउतले जग्गाधनीको जग्गा वन क्षेत्रमा ठहराएका थिए । २८ कात्र्तिक २०७७ मा सहायक वन अधिकृत लक्ष्मण यादवको नेतृत्वको जग्गाको स्थलगत जाँचबुझ्न टोली गएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button