इराकमा आत्मघाती बम बिस्फोट, २८ जनाको मृत्यु
काठमाडौँ । इराकमा आत्मघाती बम बिस्फोटमा परी २८ जनाको मृत्यु भने ७३ जना घाइते भएका छन् ।
इराकको राजघानी बगदादको बयस्त शहरका दुई स्थानमा आज गराइएको आत्मघाती बम बिस्फोटमा परी २८ जनाको मृत्यु हुनुका साथैे ७३ जना घाइते भएको बगदादका अपरेसन कमाण्डका निर्देशक ब्रिगेडियर जनरल हासेम अल अजावीले बताउनु भएको छ ।
विस्फोटको जिम्मा कुनै समूहले नलिएपनि घट्नाको प्रकृती हेर्दा बिद्धोही समूह आइ एस् आरले गराएको हुन सक्ने आशंका सेनाले गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्