नेपाल र इजरायल बिच श्रम सम्झौता प्रोटोकलमा हस्ताक्षर
काठमाडौँ । नेपाल र इजरायल बिच श्रम सम्झौता प्रोटोकलमा हस्ताक्षर भएको छ ।
मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल र नेपालका लागि इजरायली राजदूत खनान गोडेरले श्रम सम्झौता प्रोटोकलमा हस्ताक्षर गर्नुभयो ।
हस्ताक्षर भएसँगै अब नेपालीहरूले इजरायलमा गएर केयरगिभर र नर्सिङ सहयोगीको रुपमा काम गर्न पाउनेछन् ।
जसअनुसार पहिलो चरणमा जिटुजि मोडेलबाट इच्छुक ५ सय कामदार इजरायल जान पाउनेछन् ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरीले सम्झौताले नेपाल र इजरायल बिचको सम्बन्धमा थप प्रगाढता आउने बताउनुभयो ।
नेपालका लागि इजरायली राजदूत खनान गोडेरले इजरायलमा नेपालीहरू कामदारका रुपमा नभई परिवारको सदस्यका रुपमा रहने र कुनै पनि किसिमको विभेद नहुने बताउनुभयो ।
भर्चुअल रुपमा कार्यक्रममा जोडिनुभएका इजरायलका लागि नेपाली राजदूत अञ्जना शाक्यले नेपाली कामदारको हितमा दुवै तर्फ समन्वय र सहकार्य गरिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्