बारा पर्साका थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो परीक्षणको क्रममा बारा पर्साका थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बारा र पर्साका विभिन्न स्थानबाट सङ्कलन गरिएको २० जनाको स्वाब परीक्षण गर्दा आज पर्साका एक र बाराका तीन गरी चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पताल वीरगंजका कोभिड संयोजक डा. सरोज रोशन दासले बताउनुभयो ।
कोरोना सङ्क्रमित हुनेहरूमा वीरगंज महानगरपालिका वडा नम्बर ६ निवासी ३६ वर्षीय पुरुष रहेका छन् भने बाराका जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ का ३७ वर्षीय पुरुष, वडा नम्बर १ का ३६ वर्षीय महिला र ५४ वर्षीय पुरुष रहेको कोभिड संयोजक डा.दासले बताउनुभयो ।
सङ्क्रमितहरूको सिटी भ्यालु २२ देखि ३५ सम्म रहेको डा.दासले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्