शम्भुनाथ नगरपालिकाको सातौं नगर सभा सम्पन्न, ५६ करोडको बजेट पारित

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका नगर कार्यपालिका कठौनाको सातौं नगर सभा सम्पन्न भएको छ ।
नगर प्रमुख योगेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा भएको नगर सभामा उप–प्रमुख कविता कुमारी सरदारले आ.व. २०७७०७८ को लागि ५६ करोड ६७ लाख ३८ हजार ९ सय ९८ रुपैयाँको बजेट सभाबाट अनुमानित बजेट पारित गरेका हुन ।
संघीय सरकारको समानिकरण अनुदान ११ करोड ७८ लाख, शसर्त अनुदान २० करोड ६२ लाख, विशेष अनुदान चालु ७५ लाख, अन्य अनुदान चालु ७ करोड रहेको छ । यसैगरी प्रदेश सरकार प्रदेश नं.–२ को समानिकरण अनुदान ७३ लाख ६६ हजार शसर्त अनुदान चालु ८० लाख, विशेष अनुदान चालुतर्फ ३० लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

राजश्व बाँडफाँड प्रदेश सरकारबाट ६० लाख, संघीय सरकारको तर्फबाट ८ करोड ५३ लाख ४५ हजार ३ सय २० रुपैयाँ, सडकबोर्डको आन्तरिक श्रोतबाट ४० लाख, आन्तरिक श्रोतबाट ४ करोड १५ लाख २७ हजार ६ सय ७८ रुपैयाँ र जनसहभागिता एक करोड बराबरको आय व्यय सातौ नगरसभामा बजेट पास गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ्गले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्