निर्वाचनका लागी प्रारम्भिक तयारी शुरु
धनगढी । कैलालीमा आगामी वैशाखमा हुने निर्वाचनका लागी प्रारम्भिक तयारी शुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालय कैलालीद्वारा धनगढीमा आयोजित सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा त्यस्तो जानकारी दिइएको हो ।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनको तयारीमा जुटिरहेको बताउनुभयो । उहाँले यही माघ १५ गतेदेखि २१ गते सम्म जिल्लाभर मतदाता नामावली सच्याउने (दाबी बिरोध) कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो ।
उहाँले जिल्लाका १३ वटै स्थानीय तहमा नै मतदाता नामावली सच्याउने काम गरिने र उक्त कार्यका लागी सहायक दर्ता अधिकारीका लागी भोलि देखी धनगढीमा तालिम आयोजना गरिने जानकारी दिनुभयो । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा करिब ५ लाख ५६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित क्रियाशील राजनैतिक दल, सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्