तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु

बर्दिवास । महोत्तरीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
मृत्युु हुनेमा धनुषाको धनौजी गाउँपालिका ५ बहुवर्वाका २० वर्षीय नौसाद अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रंजन मिश्रले बताउनुभयो ।
माईस्थान–गौशाला सडक खण्ड अन्तरगत गौशाला नगरपालिका–१ स्थित रेल्वे ट्रयाक नजिक ज१२ प २७३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दु्र्घटना हुँदा मोटरसाइकलको बीचमा सवार अन्सारीे घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय करामद अन्सारी र पछाडि सवार १९ वर्षीय असाद अन्सारी घाइते भएका छन् ।
मृतक अन्सारीको शव पोस्टमार्टम गरि शव परिवारलाई जिम्मा लगाइएको र घाइते दुवैलाई उपचार पश्चात नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्