तपाईँ सुन्दै हुनुहुन्छः

कपाससँगै ढुङ्गा पेलिँदा उद्योगमा आगलागी, १२ लाखको क्षति

भद्रपुर, झापा । झापाको भद्रपुर नगरपालिका, वडा नं. ५ मा कपास पेल्ने क्रममा उद्योगमा आगलागी भएको छ ।

झापाचोकस्थित कपास उद्योगमा मङ्गलवार बेलुका आगलागी भएको र सो घटनामा १२ लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक रामचन्द्र सहनीले बताउनुभयो ।

कपास पेल्ने क्रममा कपाससँगै मिसिएर आएको डुङ्गाले मेसिनमा खराबी आउँदा आगो निस्किएर आगलागी भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

स्थानीयवासी र प्रहरीको सहयोगमा भद्रपुर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button