तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ९५ हजार भन्दा बढी

फाइल तस्बिर

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १३ हजार ८२३ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ९५ हजार ६६० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १६२ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५२ हजार ७१८ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड दुई लाख ४५ हजार भन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ९७ हजार २०१ सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार २३१ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १० जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७६४ को मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बारसम्म देशभर १८ करोड ८५ लाख ६६ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । मङ्गलबार एकै दिनमा मात्र सात लाख ६४ हजार १२० जनाको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ । यसैबीच भारतमा गत शनिबारदेखि कोरोना भाइरसको विरुद्धको खोप पनि शुरु भएको छ ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button