तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार महासंघ तनहुँद्वारा ६ पूर्व अध्यक्षलाई पुरस्कार दिने निर्णय

तनहुँ । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले शाखाका छ जना पूर्व अध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ । शाखाको आइतबार सम्पन्न बैठकले महासंघमा स्थापित सुरज गुरुङ स्मृति पुरस्कार, टिकानिधि ढुङ्गाना पुरस्कार र भर्लेली केबलबहादुर स्मृति पुरस्कार पूर्व अध्यक्षहरुलाई प्रदान गर्ने निर्णय गरेको हो ।

सुरज गुरुङ स्मृति पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराइ र २०७६ डम्बर बहादुर अधिकारीलाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशी रु पाँच हजार रहेको छ । टिकानिधि ढुङ्गाना पुरस्कार–२०७५ विश्वबन्धु भण्डारी र २०७६ प्रदीप काफ्लेलाई प्रदान गर्ने निर्णय भएको शाखाका सचिव उज्वल पौडेलले बताउनुभयो । उक्त पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।

यसैगरी भर्लेली केबलबहादुर स्मृति पुरस्कार प्रेमप्रसाद पौडेललाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । माघ १३ गते आयोजना हुने शाखाको साधारणसभाको अवसरमा उक्त पुरस्कारहरु प्रदान गरिने महासंघका अध्यक्ष ओमकार आचार्यले बताउनुभयो ।

बैठकले शाखाको साधारणसभाको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । शाखाका उपाध्यक्ष नारायण खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, उपाध्यक्ष सोनी शर्माको संयोजकत्वमा स्वागत तथा सम्मान, सचिव उज्ज्वल पौडेलको संयोजकत्वमा प्रचारप्रसार र कोषाध्यक्ष प्रताप रानाको संयोजकत्वमा खाजा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button