छैठौं हेटौंडा भेट्रान्स कप फुटबल सुरु
मकवानपुर । छैठौं संस्करणको हेटौंडा भेट्रान्स कप (एट–ए–साइड) फुटबल प्रतियोगिता आजबाट हेटौंडाको लोकतान्त्रिक हुप्रा चौरमा सुरु भएको छ ।
प्रतियोगितामा आयोजक समुहले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक हेटौंडा भेन्ट्रान्सले कोल्वी भेन्ट्रान्सलाई ६–१ को पराकिलो गोल अन्तरले पराजित गरेको हो ।
प्रतियोगितामा हेटौडा भेन्ट्रान्सको तर्फबाट कृष्ण मालाकारले ४ गोल तथा बालकुमार गुरुङ र निमा लामाले १–१ तथा कोल्बीको तर्फबाट परदेशी चौधरीले सान्तवना गोल गर्नुभएको थियो । आगामी माघ १० गतेसम्म चल्ने प्रतियोगिता नकआउटका आधारमा खेलाइने प्रतियोगिताका संयोजक कविन सङ्गामीले जानकारी दिनुभयो ।
प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ र उपविजेताले नगद ५५ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
हेटौंडा भेट्रान्स क्लबका उपाध्यक्ष नवराज बज्राचार्यको अध्यक्षतामा भएको उद्घाटनमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता थियो ।
कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, वागमती प्रदेश खेलकुद विकास समितिका सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, हेटौंडा उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्