तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा कोरोनाका सक्रिय संक्रमित एक सयमा झर्‍यो

जनकपुरधाम । प्रदेश नंं २ मा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या १ सयमा झरेको छ । कुनै वेला कोरोना सङ्क्रमितको सङ्ख्या अत्यधिक रहेको प्रदेश २ मा कोरोना प्रतिको सजगता तथा नियन्त्रणमा देखाइएको तत्परताका कारणले सङ्क्रमितको सङ्ख्यामा व्यापक मात्रामा कमी आएको छ ।
संक्रमित मध्ये ९९ सय जना होम आइसोलेसनमा र १ जना संस्थागत आइसोलेसनमा रहेर कोरोनाको उपचार गराइरहेको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पर्सा जिल्लामा १ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने अन्य सबै होम आइसोलेसनमा रहेको निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिनु भयो ।
सप्तरी जिल्लामा २, सिरहामा ५, धनुषामा २९, महोत्तरीमा १०, सर्लाहीमा १५, रौतहटमा ५, बारामा ९ तथा पर्सा जिल्लामा २४ जना कोरोनाका सक्रिय संक्रमित होम आइसोलेसनमा बसेर उपचार गराई रहेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज बारा जिल्लामा १ जनामा मात्र कोरोना सङ्क्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश नंं २ मा हालसम्म १ लाख ४४ हजार ४ सय ३८ जनाको स्वाब सङ्कलन गरेर परीक्षण गर्दा १७ हजार १ सय ६४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भए पनि त्यस मध्ये आजसम्ममा १६ हजार ८ सय ५५ जना निको भएर घर फर्किएका छन् ।
संक्रमित मध्ये २ सय ९ जनाको मृत्यु भएको छ भने आज सङ्कलन भएका ९२ जनाको परीक्षण प्रतिवेदन आउन मात्र बाँकी रहेको स्वास्थ्य निर्देशनालय प्रदेश नंं २ का निमित्त निर्देशक झाले जानकारी दिनु भयो । आज मात्र सप्तरीमा ६, सिरहामा २६, धनुषामा ३९ तथा पर्सामा २१ जनाको स्वाब सङ्कलन गर्ने काम भएको छ ।
परीक्षण प्रतिवेदन २४ घण्टामा आउने गरेको छ । अहिले सबै जिल्लाहरूमा पीसीआर मेसिन भएकाले चाँडो हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button