एचआइभी संक्रमणबाट १८ वर्षीया किशोरीको मृत्यु
सप्तरी । सप्तरीमा एचआईभी एड्स संक्रमित एक किशोरीको निमोनियाबाट मृत्यु भएको छ । गत पुस १५ गते उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिनुभएकी राजविराज नगरपालिका–१ चनौराकी १८ वर्षीया अमैया धामीको मृत्यु भएको हो ।
स्थास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएकी धामीको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको एचआईभी काउन्सेलर सुनीता यादवले जानकारी दिनुभयो ।
जन्मजात नै एचआईभी पोजेटिभ रहेकी किशोरीको आमा र वुवाको ९ वर्षअघि एचआईभीबाट मृत्यु भइसकेको जनाइएको छ ।
अस्पतालको रेकर्डअनुसार सप्तरीमा अहिलेसम्म एचआइभी एड्सका कारण १५ पुरुष, ७ महिला, २ बालबालिका र १ तेस्रोलिंगी गरी २५ जनाको मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्