श्रीमती हत्याको आशंकामा श्रीमान प्रकाउ
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ की ४६ वर्षीया श्रीमायाँ गोलेको हत्याको आशंकमा प्रहरीले निजकै श्रीमान ४६ वर्षीय देवराज गोेले पक्राउ गरेको छ । गढीगाँउपालिका वडा नम्बर–२ भालङटारमा भएको घटनाको आशंकामा प्रहरीले देवराजलाई पक्राउ गरेको हो ।
उनलाई हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
सोमबार बिहान श्रीमायाँ गोले आफ्नै घरभित्र मृत अवस्थामा पाइएको र घटनाको प्रारम्भिक अनुसन्धानबाट मृतक श्रीमायाँ गोलेको हत्यामा निजकै श्रीमान देवराज गोलेलेको संलग्नता खुल्न आएको प्रहरी नायव उपरिक्षक रानाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्