जीपको ठक्करबाट एक बालिकाको मृत्यु
कञ्चनपुर। कञ्चनपुरमा जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । हिजो सांझ जिल्लाको पुनर्वास नगरपालिका–१ बलभद्रबस्ती स्थित सुकुम्बासी बस्ती बस्ने १३ वर्षीया सुस्मिता सार्कीलाई धनगढी देखि बेलौरी जान लागेको को१च ८२७८ नम्बरको बोलेरो जीपको ठक्करबाट घाईते भएकी र उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्