तपाईँ सुन्दै हुनुहुन्छः

झापाको दमक र गौरादहबाट लागुऔषधसहित तीन जना पक्राउ

झापा । झापाको दमक र गौरादहबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन । प्रहरीका अनुसार आईतवार साँझ दमक नगरपालिका १ का ३२ बर्षीय देवेन्द्र राईलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित सोही ठाउँबाट पक्राउ गरिएको हो ।

यसैगरी गौरादह नगरपालिका १ बाट पनि ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार राती पौने ८ बजे गौरादह नगरपालिका ३ का २७ बर्षीय लक्ष्मण दास र १९ बर्षीय राम शाहलाई २३ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यस्तै मोरङको रतुवामाई नगरपालिका २ डोरीयाबाट लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । सीमा प्रहरी चौकी डोरीया मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले रतुवामाई नगरपालिका ९ का २४ बर्षीय दिपेश घिमिरे र २४ बर्षीय संजिव भट्टराई लाई २०० ट्याब्लेट लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेकाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button