तपाईँ सुन्दै हुनुहुन्छः

पैयुँ गाउँपालिकाले ७ करोडको लागतमा भवन बनाउँदै

 पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले ७ करोड रुपैयाँ लागतमा प्रसासनिक भवन बनाउन थालेको छ । । गाउँपालिकाले भवन बनाउन डिपिआर तयार पारिसकेको छ । पैयुँ गाउँपालिका वडा नम्बर ४ मा स्थानीयले निशुल्क रुपमा उपलब्ध गराएको ८ रोपनी जग्गामा सुविधासम्पन्न भवन बनाउन थालिएको हो । प्रमुख प्रसासकीय अधिकृत नेत्रप्रसाद पौडेलका अनुसार गाउँपालिकाले प्रसासनिक भवन बनाउने प्रक्रिया अगाडी बढाएको छ ।

पौडेलका अनुसार प्रसासनिक भवन निर्माणका ७ करोड बजेट लाग्ने अनुमान सहित डिपिआर तयार भएको छ । गाउँपालिकाले बनाउने प्रसासनिक भवनमा ३०÷ ३५ वटा कोठा बन्ने भएका छन् ।

लिफ्ट तथा ¥याम्प सहित निर्माण हुने भवनको पर्खालभित्र प्रर्याप्त पार्किङ र बगैँचा समेत हुने भएको छ । गाउँपालिकाको भवनमा न्यायिक समितिको ईजलास, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रसासकीय अधिकृत, आर्थिक प्रसासन, स्वास्थ्य, शिक्षा, कृषि, पशु, सहकारी, सामाजिक शाखा, प्रसासन, लगायत विषगत शाखाका अलगअलग कोठाहरु बन्ने भएका छन् ।

गाउँपालिकाको भवन मन्त्रालय शैलीमा बनाउन थालिएको हो । पैयुँ गाउँपालिकाको प्रसासनिक सहित अन्य विषयगत शाखाका कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएका छन् । गाउँपालिकाले घर भाडा वापत मासिक ८० हजार रुपैयाँ खर्च गर्दै आएको छ । गाउँपालिकाले गतवर्ष स्थानीयले उपलब्ध गराएको जग्गा मालपोत कार्यालय मार्फत आफ्नो मातहत ल्याएको थियो ।

अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले सुविधासम्पन्न र नमूना गाउँपालिकाको भवन बनाउन लागिएको जानकारी दिनुभयो । गाउँपालिकाको प्रसासनिक भवन बनाउने प्रक्रिया शुरु भएसंगै गाउँपालिकाको केन्द्र वडा नम्बर ४ मा रहने पक्कापक्की भएको छ । केन्द्रको विषयमा यहाँ बहष हुँदै आएको थियो । यस्तै पैयुँ गाउँपालिकाले वडा ४ र ७ को वडा भवन पनि बनाउन थालेको छ । भवन बनाउन ठेक्का लगाइएको छ । वडा नम्बर २ र ५ को पर्खाल मर्मत सम्भार हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button