तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना विरुद्धको खोप लगाउन आवश्यक कार्य जारीः स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोरोना भाईरस विरुद्धको खोप लगाउन पहिचान भएकाहरुलाई खोप लगाउने आवश्यक कार्य भइरहेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आजको प्रेस व्रिफिङमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले सरकारबाट आकस्मिक प्रयोगका लागि स्वीकृत भएका खोपको खरिदलाई प्राथमिकतामा राखी पहिचान गरिएका व्यक्तिहरुलाई खोप लगाउन आवश्यक कार्यहरु भइरहेको जानकारी दिनुभयो ।

प्रवक्ता गौतमले निशूल्क खोप लगाउने अभियान सञ्चालन गर्न सबै प्रक्रिया अघि बढाईएको जानकारी दिनुहुदै सरकारको प्रयासमा औपचारिक तथा अनौपचारिक रुपमा सहयोग गर्न चाहानेहरुका लागि सार्वजानिक सूचना आह्वान गरिएको समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button