१ सय ३८ विपन्न परिवारलाई राहत वितरण

वीरगञ्ज । झण्डै ८ महिना लामो लकडाउनपछि सामान्य अवस्था फर्कर्दै गरेको बारा, पर्सा जिल्लाका विपन्न वर्गका व्यक्तिहरुको भने दैनिकी अझै सामान्य हुन सकेको छैन ।
लकडाउनको समयमा सामाजिक संघ संस्थाहरुले राहत वितरण गरेको भए पनि हाल रोकिँदा विपन्न वर्गका व्यक्तिहरु विचल्लीमा परेका छन् ।
आज एक कार्यक्रमका बीच यस्तै विचल्लीमा परेका बीरगंज महानगरपालिकाको वडा नम्बर २७ र २९ का १ सय ३८ घर परिवारलाई युवालय नामक गैर सरकारी संस्थाले ३ लाख मुल्य बराबरको राहत सामग्री वितरण गरेको छ ।
वीरगञ्ज महानगरपालिकाको समन्वयमा युवालयले वीरगञ्ज महानगरपालिका वडा न.२७ उदयपुर घुर्मीमा ८८ परिवार तथा वडा नम्बर २९ बसडिलवामा ५० परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको युवालयका कार्यसमिति सदस्य जया साहले जानकारी दिनुभयो ।
प्रति परिवार १५ केजी चामल, १ केजी मसुर दाल, रहरको दाल १ केजी, चना १ केजी, १ लिटर तेल, १ केजी नुन, १ केजी मकै, नुहाउने र कपडा धुने साबुन १÷१ पिस, शिशुहरुको लागी लिठो १ प्याकेटसहितको राहत प्याकेज वितरण गरिएको साहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्