नेपाल पत्रकार महासंघको साधारणसभा फागुनको ४ र ५ मा

सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ केन्द्रको साधारणसभा फागुनको ४ र ५ गते गर्ने निर्णय भएको छ ।
हेलम्बुको शेर्माथानमा बसेको केन्द्रीय समितिको बैठकले यही फागुन ४ र ५ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।
साधारणसभाको एक महिनापछि अधिवेशन गर्ने बैठकले सहमति गरेको छ । देशको बदलिँदो राजनीतिक परिवेशमा प्रेस स्वतन्त्रताको रक्षाका लागि सबैलाई अपिल गर्ने महाशाखाले निर्णय गरेको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो ।
यस्तै जिल्ला शाखा सिन्धुपाल्चोकको साधारणसभा पनि माघ २४ लाई तोकिएको छ । आज बसेको शाखाको बैठकले यो निर्णय गरेको हो ।
शनिबार पत्रकार महासंघको टोली सिन्धुपाल्चोकको हेलम्बु पुगेको हो । शनिबार साँझ पत्रकार महासंघ जिल्ला शाखा सिन्चुपाल्चोकले पत्रकार महासंघको टोलीलाई स्वागत स्वरुप रात्रिभोजको आयोजना गरेको थियो ।
महासंघको स्वागत गर्दै विभिन्न सांस्कृतिक झलकहरुको समते प्रदर्शन गरिएको थियो ।
सोही अवसरमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुको समसामयिक विषयमा पत्रकारहरुलाई जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्