तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषधसहित कञ्चनपुरबाट एक युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बलले कृष्णपुर नगरपालिका–७ कलुवापुरका १९ वर्षीय समिर राना रानालाई लागुऔषध नाइट्रभेटका ३ सय ४५ ट्याब्लेट, नगद २३ हजार ४० र मोबाइल एक थानसहित पुनर्वास नगरपालिका–६ मनकामना टोलको जंगलबाट पक्राउ गरेको सशत्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ ।

\पक्राउपछि उनलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button