रोकिराखेको ट्याक्टरमा सुमो ठोक्किँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

सप्तरी । रोकिराखेको ट्याक्टरमा ठोकिएर टाटा सुमो दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरीका अनुसार बिहान ३ः३० बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका खण्डमा रोकिराखेको स.१त.२५१२ नम्बरको ट्याक्टरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे.१ज. २४५२ नम्बरको सुमो ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा सुमोमा सवार झापाको शिवसतासी नगरपालिका–११ डुरामनी बस्ने २५ वर्षीय रमेश लिम्बुको मृत्यु भएको छ ।
गम्भीर अवस्था रहेका लिम्बुलाई उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका सुमो चालक पाँचथर जिल्ला फिदिम नगरपालिका–३ बस्ने ३४ वर्षीय टेक बहादुर दर्जी र झापा जिल्ला गौरादह नगरपालिका–४ निवासी ३६ वर्षीय जितबहादुर श्रेष्ठको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको डिएसपी भुवनेश्वर साहले जानकारी दिनुभयो ।
बाक्लो हुस्सु र तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।
ट्याक्टर, चालक तथा सुमो गाडी नियन्त्रणमा लिई दुर्घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्