प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाई सुरु

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु गरेको छ ।
सो रिट निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संबैधानिक इजलासलले सुनुवाई सुरु गरेको हो ।
यसअघि सो रिट निवेदनहरुको सुनुवाई संबैधानिक इजलासबाट गर्ने कि बृहत पूर्ण इजलासबाट गर्ने भन्ने क्षेत्राधिकार विवादमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले संबैधानिक इजलासमा नै सुनुवाई गर्न आदेश दिएको थियो ।
संवैधानिक इजलासले क्षेत्राधिकार विवाद टुङ्ग्याएर मुद्दाको निरन्तर सुनवाई गर्न आदेश दिएपछि प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आजदेखि दैनिक सुनुवाई सुरु भएको हो ।
यसअघि संवैधानिक इजलासले हप्ताको बुधबार र शुक्रबार मात्र सुनुवाई गर्दै आएको थियो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यस निर्णयविरुद्ध सर्वाेच्च अदालतमा १३ वटा रिट निवेदन दर्ता भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्