तपाईँ सुन्दै हुनुहुन्छः

जाडो बढेपछि वीरगंजका विद्यालय ३ दिनकालागी बन्द 

वीरगंज । कठ्याङ्ग्रिँदो जाडो र शितलहरका कारण बालबालिका प्रभावित भएपछि आजबाट बीरगंजका सम्पुर्ण विद्यालय तीन दिनसम्मकालागी बन्द गरिएको छ । नेपाल शिक्षक महासङ्घ वीरगंज महानगरसमिति र निजी विद्यालय अर्गनाईजेशन प्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै आजबाट वीरगंजका विद्यालयहरू ३ दिनसम्म बन्द गर्ने निर्णय गरेका हुन् ।
शिक्षक महासङ्घका अध्यक्ष विनोद मेहता र प्याब्सनका अध्यक्ष आलोक कुमार चौरसियाद्वारा जारी विज्ञप्तिमा हाल बढ्दै गएको अत्यधिक चिसोको कारण बालबालिकाहरूमा पर्ने सक्ने प्रतिकुल असरको सम्भावनालाई मध्यनजर गरी बीरगंज महानगरपालिकाको समन्वयमा माघ ४ गते देखि ६ गते मङ्गलवारसम्म वीगंजका सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।
मध्य तराईको जनजीवन प्रभावित, दाउरा वितरण नहुँदा समस्या
यसैगरी, विगत केही दिन देखी बढेको कठ्याग्रिदो जाडो र शितलहरको कारण बीरगंज लगायत मध्य तराईको बारा, पर्सा, रौतहट जिल्लाको जनजीवन थप कष्टकर बनेको छ ।
जाडोको कारण सबभन्दा बढी वृद्धवृद्धा, बालबालिका तथा मजदुर वर्ग प्रभावित बनेका छन् । विगतका वर्षहरूमा जाडो बढ्दै गएपछि चोक चोकमा आगो ताप्ने व्यवस्था स्थानीय तहले मिलाउने गरेकोमा यस वर्ष आगो ताप्ने व्यवस्था तथा दाउरा वितरण नगरेको हुँदा समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।
अहिले जाडो बढेसँगै बीरगंज लगायतका बजार क्षेत्रमा चहलपहल घटेको छ । मजदुरहरू काममा आउन छाडेपछि उखु कटान, लोडिङ्ग, ढुवानी लगायतका काम प्रभावित बनेको पीडित किसानले बताएका छन् । उखु कटान प्रभावित भएपछि बाराको मनहर्वास्थित रिलायन्स सुगर एन्ड केमिकल ईण्डाष्ट्रीज प्रालि (चिनीमील) मा उखुको अभाव सृजना भएको चिनीमीलका कर्मचारीले जानकारी दिएका छन् ।
यता, शितलहर र बाक्लो हुस्सुको कारण भिजिबिलिटी कम भएको हुँदा सिमरा विमानस्थलबाट हुने उडानहरू दुई सातादेखि प्रभावित हुँदै आएको छ ।
.

प्रतिक्रिया राख्नुहोस्

Back to top button