तपाईँ सुन्दै हुनुहुन्छः

‘पर्यटन क्षेत्रका समस्या समाधानका लागि पहल गरिने’

file photo

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथाशक्य छिटो समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।

पोखरा पर्यटन परिषद्ले पर्यटनको समसामयिक विषयमाथि आयोजना गरेको छलफल तथा अन्तरक्रियामा पर्यटन मन्त्री ढकालले कोभिड–१९ का कारण हरेक क्षेत्र प्रभावित भएको र राज्यले नागरिकको ज्यान बचाउनतिर ध्यान केन्द्रित गर्दा अन्य क्षेत्र ओझेलमा पर्न गएको बताउनुभयो ।

पर्यटन मन्त्री ढकालले कोभिडका कारण थला परेको पर्यटन क्षेत्रलाई उठाउने गरी अब सरकारले काम गर्ने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले वर्तमान अवस्थामा पर्यटन क्षेत्रमा गरिएको अर्बौंैँको लगानी जोखिममा रहेकाले सरकारले पर्यटनमैत्री नीति अवलम्बन गरेर बाह्य पर्यटकलाई सहज र सरल रूपमा घुम्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button