तपाईँ सुन्दै हुनुहुन्छः

हुस्सुका कारण दुर्घटना बढ्यो, सवारी साधन एक आपसमा ठोक्किँदा ५ गम्भीर घाइते

बीरगंज । कठ्याङ्ग्रिँदो जाडो र शितलहरसँगै बाक्लो हुस्सुको कारण तराईका जिल्लाहरूमा सडक दुर्घटनामा वृद्धि भएको छ ।

आज बारा, पर्सामा भएका दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।

रगंज–पोखरिया सडक खण्ड अन्तर्गत तिलावे पुल नजिकै आज दिउसो बी.आर. ०५ एन ०३५० नम्बरको भारतीय मोटरसाइकल र अर्को बी.आर.एन ७९३३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा बीरगंज महानगरपालिका–१ छपकैयाका ३२ वर्षीय नरेन्द्र साह र पर्सा बहुदरमाई नगरपालिका–१ पिपरा निवासी २६ वर्षीय राजन पटेल रहेका छन् ।   घाइतेको नारायणी अस्पताल बीरगंजमा उपचार भइरहेको छ ।

त्यसै गरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमारा उपमहानगरपालिका वडा नम्बर १६ बाह्र किलो पुल नजिकै आज बिहान पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको भे १ च २१९२ नम्बरको पिकपले विपरीत दिसाबाट जाँदै गरेको ना १ ह ८१५० नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार ३ जना घाइते भएका घाइते भएका छन् ।

घाइतेहरूको बीरगंजस्थित तराई अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button