तपाईँ सुन्दै हुनुहुन्छः

योगले प्राचीन सभ्यतालाई जीवन्त राख्ने : पूर्व मन्त्री पोखरेल

फाइल फोटो
बर्दिबास । महोत्तरीको गौशाला नगरपालिकाले साताव्यापी योग शिविरको आयोजन गरेको छ । राष्ट्रिय योग दिवसको अवसर पारेर नगरपालिकाले नवनिर्मित कभर्ड हलमा एक हप्ते निःशुल्क योग शिविर सञ्चालन गरेको छ ।
योग शिविर उद्घाटन गर्दै प्रमुख अतिथि पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राचीन सभ्यतालाई जीवन्त राख्नका लागि योग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
पूर्व मन्त्री पोखरेलले वर्तमान परिवेश कोभिडले ग्रसित समाजका लागि योग साधना गर्नाले मानव जीवनलाई अनेकौँ फाइदा पुर्‍याउने बताउनुभयो ।
उहाँले मूलतः प्रत्यक्ष रुपमा पश्चिमा संस्कृतितर्फ लम्किरहेको नेपालीहरूलाई अबको समयमा पुराना महर्षि र महन्तहरूले अपनाएको प्राकृतिक चिकित्सक र योग एवम् साधना गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै, प्रदेश २ का प्रदेशसभा सदस्य भरतप्रसाद साहले अधिकांश मानवहरूमा मानसिक समस्या देखिएकोले सोबाट बच्नका लागि योगले अधिक फाइदा पुर्‍याउनेमा जोड दिनुभयो ।
गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले योगसम्बन्धी आवश्यक रुपमा ज्ञान प्रदान गर्नका लागि नगरपालिकाले योग शिविरको आयोजना गरेको बताउनुभयो । नियमित रुपमा योग गर्नाले विभिन्न किसिमको रोगबाट मुक्ति पाइन्छ ज्ञान प्रदान गर्नका लागि शिविरको आयोजना गरेकोले यसमा सहभागी भई अवसरको फाइदा लिन नगरप्रमुख महतोले आग्रह गर्नुभयो ।
आगामी माघ ७ गतेसम्म सञ्चालन हुने सो शिविरमा नेपाल तथा भारतका योग गुरुहरुले प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button