तपाईँ सुन्दै हुनुहुन्छः

थारु समुदायद्वारा माघी महोत्सवको आयोजना

 
वीरगंज । थारुहरूको प्रमुख चाड माघीको अवसरमा आज वीरगंजमा खिचडी माघी महोत्सव २०७७ को आयोजना गरिएको छ ।
माघी पर्व मूल समारोह समिति पर्साद्वारा वीरगंजको आदर्शनगरस्थित स्वीमिङ्ग पुल परिसरमा माघी महोत्सवको आयोजना गरिएको हो । महोत्सवको थारु युवा गौतम चौधरीले उद्घाटन गर्नुभएको हो ।
थारु समुदायको जीवनशैली, भेषभुषा, कला, संस्कृतिको बारेमा जानकारी दिने उद्देश्यले आयोजित महोत्सवमा थारु समुदायमा प्रचलित विभिन्न खानाका परिकारहरू , घोगी, माछा, हास, परेवा, खेखरा, कसार, लगायतका स्टलहरू राखिएको थियो ।
यसैबिच समितिले थारुहरूको नयाँ वर्ष २६४५ को अवसरमा आज वीरगंजमा थारु संस्कृति झल्किने झाकी प्रदर्शन गरेको छ । घण्टाघरबाट बाजा गाँजा सहित निस्किएको झाकीले नगरको विभिन्न भागको प्रदर्शन गरेको थियो ।
यस्तै समितिले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । स्वीमिङ्ग पुल परिसरमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको विजया ओझौयाले जानकारी दिनुभयो ।
माघी पर्व मूल समारोह समितिका संयोजक प्रभु चौधरीको सभापतित्वमा भएको थारु महोत्सवमा नेकपाका केन्द्रिय सदस्य बसरुद्दिन अन्सारी, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, चन्द्रपुर नगरपालिका रौतहटका नगर प्रमुख रामचन्द्र चौधरी, पर्सागढी नगरपालिकाकी उपप्रमुख ममता महतो, रेडियो वीरगंज एवं टिभी वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, वार एसोसिएसन पर्साका अध्यक्ष ओम प्रकाश गुप्ता, इन्जिनियर नन्दलाल चौधरी, परमानन्द चौधरी, निरज पिठाकोटे मगर, युवराज खड्का, रन्जन राउत, रिना चौधरी, अमृत गौरो लगायतले माघी पर्वको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यसै गरी माघी पर्वको अवसरमा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं २ पंचगावा र जिराभवानी गाउँपालिका वडा नं १ पकडीटोलामा  मेला लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button