पश्चिमी र स्थानीय वायुको प्रभाव : हल्का वर्षाको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले मौसममा बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाले हाल देशको पहाडी भूभागमा आंशिक बदली भइरहेको र तराई भूभागमा हल्का हुसु र कुहिरो लागेको जानकारी दिएको छ ।
यसैगरी आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि विभागले जानकारी दिएको छ ।
यस्तै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका भूभागमा आंशिक बदली रहेर देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, राति प्रदेश नं १, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रहि देशका अन्य भूभागमा आंशिक बदली हुने देखिन्छ।
हालको अवस्था
हाल देशको पहाडी भू-भागहरुमा आँशिक बदली रहेको छ भने उपत्यका लगायत तराई भू-भागका धरै जसो स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
बिहान ०८:४५ बजे भू–उपग्रहबाट लिइएको तस्विर :



आगामी २४ घण्टा सम्मको चेतावनी तथा परामर्श
बिहानको समयमा तराईका धेरै स्थानहरुमा लागेको बाक्लो हुस्सु/कुहिरो केहि स्थानहरुमा साँझ सम्म पनि रहन सक्ने सम्भावना छ। कुहिरो/हुस्सु लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।









प्रतिक्रिया राख्नुहोस्