तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने

फाइल तस्बिर

काठमाडौं । आज माघ १ गतेदेखि एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ।

राष्ट्र बैंकले पुष २३ गते भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको थियो ।

यद्यपी, महिनामा दुई पटक मात्रै एटिएम प्रयोग गर्दा भने शुल्क लाग्ने छैन । तर, महिनामा दुई पटकभन्दा धेरै कारोबार गर्दा प्रति कारोबार २० रुपैयाँ भन्दा बढी शुल्क लिन नपाइने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button