जीतपुरसिमरा उपमहानगरद्वारा सामाजिक सुरक्षा भत्ता वितरण
बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा सामाजिक सुरक्षा भत्ता बापत ६ करोड २१ लाख ६० हजार ७ सय ६ रुपैयाँ वितरण गरेको छ ।
नेपाल सरकारले समाजिक सुरक्षा भत्ता अन्तरगत जेष्ठ नागरिक भत्ता, ६० वर्ष भन्दा माथिको एकल महिला भत्ता, पुर्ण अपाङ्ग भत्ता, अति अशक्त अपाङ्ग भत्ता, दलित बालबालिका भत्ता र लोपोन्मुख जातजाती भत्ता वितरण गर्ने गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाले पहिलो चौमासिकमा ४ हजार ४ सय १८ जना जेष्ठ नागरिक, १३ सय जना विधुवा महिला, १ सय ६ पुर्ण अपाङ्ग, १ सय ९१ जना अति अशक्त, ६ सय २६ जना दलित बालबालिका र तीन जना लोपोन्मुख जातजातिलाई भत्ता वितरण गरिएको उपमहानगरपालिकाका सुचना अधिकारी राम शर्माले जानकारी दिनुभयो ।
उपमहानगरपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको सङख्या ६ हजार ६ सय ४३ रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्