तपाईँ सुन्दै हुनुहुन्छः

कर बुझाउन वीरगञ्जका बैंकहरुमा सेवाग्राहीको भीड

वीरगञ्ज । चालु आर्थिक वर्ष २०७७–७८ को दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चाप बढदै गएपछि वीरगञ्जका बैकहरुमा सेवाग्राहीहरुको भीड लागेको छ ।

सेवाग्राहीको अव्यवस्थित भीडका साथै बैंकहरुमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगर्दा कोरोना संक्रमण फैलिने सम्भावना पनि देखिएको छ ।

कोरोना महामारीका कारण चालु आर्थिक वर्षको बितेका पाँच महिनामा अपेक्षाकृत रूपमा राजस्व उठ्न नसकेसँगै अहिले सरकारले राजस्व संकलनका लागि सम्बन्धित व्यवसायी एवं सेवाग्राहीलाई ताकेता गरिरहेको छ ।

सोही ताकेतापछि अहिले व्यवसायीहरुले आफ्नो कारोबारको दोश्रो त्रैमासको अन्तिम कर विवरण एवं राजस्व दाखिला गर्न बैंकमा आउँदा भीड बढेको जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button