तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिको कालो बादल वैशाखमा फाट्छ : मुख्यमन्त्री पोख्रेल

फाइल फोटो
बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले राष्ट्रिय राजनीतिमा देखिएको कालो बादल वैशाखमा फाट्ने बताउनु भएको छ । राष्ट्रिय राजनीतिमा नेतृत्व कर्ता बिच पदीय झगडाका कारण देखिएको कालो बादल आउने वैशाखको निर्वाचनका माध्यमबाट फाट्ने र मुलुक समृद्धिको दिशामा जाने मुख्यमन्त्री पोख्रेलले बताउनु भएको हो ।
मङ्गलवार बर्दियाको गुलरिया नगरपालिकामा शिवगंगा आँखा उपचार केन्द्रको भवनको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताउनु भएको हो । संसद् चल्न नदिने, सरकारमा घेराबन्दीको स्थिति हुने लगायतका समस्याबाट निस्कन प्रधानमन्त्रीले जनताको बिचमा जाने फैसला गर्नुभएको मुख्यमन्त्री पोख्रेल जानकारी बताउनु भएको हो ।
मुख्यमन्त्री पोख्रेलले सधैँ भरिको वादविवाद बाट समृद्धि हासिल गर्न असम्भव रहेको र जनता अधिकारी सम्पन्न भएकाले नेपालमा सधैँ भरि राजनैतिक वादविवादले जनतालाई प्रदान गर्न चाहेको समृद्धि दिन नसकिने बताउनु भएको छ । मुलुकलाई कसरी समृद्ध बनाउने, जनतालाई कसरी सुखी बनाउने भन्ने विषय आजको मूल राजनीति भएको उहाँको भनाई थियो । निर्वाचनका बेला एउटाका अनुहार देखाएर भोट माग्ने र जिती सकेपछि प्रधानमन्त्री बन्न अरूले खोज्ने कुराको अन्त्य भएपछि नै नेपालको राजनीति सही बाटोमा जाने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button