कम्तीमा एक प्रतिशत सामाजिक उत्तरदायित्वका लागि छुट्टयाउनुपर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारका व्यापारीहरुले आफनो कुल नाफाको कम्तीमा एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वका लागि छुट्टयाउनुपर्ने व्यवस्था गरेको छ ।
बोर्डले केन्द्रिय निक्षेप कम्पनी, क्रेडिट रेटिङ संस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुले आफनो कुल नाफाको कम्तीमा एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वका लागि छुट्टयाउनुपर्ने व्यवस्था गरेको हो ।
बोर्डले संस्थागत सामाजिक उत्तरदायित्वका लागि छुट्टयाइएको रकम विशेष गरी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यमा खर्च गर्नुपर्ने र खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप खर्चको वितरण हुनुपर्ने व्यवस्था गरेको छ ।
नयाँ व्यवस्थाले लगानीकर्ताले सुसूचित निर्णय लिन सक्ने अवस्था श्रृजना भइ बजारको विकास र विस्तारमा सहयोग पुग्ने नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता निरज गिरीले बताउनुभयो ।
बोर्डले मर्चेण्ट बैकरहरुका लागि संस्थागत सामाजिक उत्तरदायित्वको व्यवयस्था भने यस अघि नै गरिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्