कालिञ्चोक मन्दिर जाने क्रममा एक युवतीको मृत्यु
दोलखा । दोलखाको प्रसिद्ध कालिञ्चोक मन्दिरमा दर्शन गर्न जाने क्रममा एक युवतीको मृत्यु भएको छ ।
मकवानपुर जिल्लाको फापरबारीकी ३३ वर्षीया सम्झना रोक्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अन्जन कोईरालाले बताउनुभयो ।
मन्दिर जाने क्रममा कुरी बजारमा पुगेपछि बिरामी पर्नुभएकी रोक्का स्थानीय संगीता होटलमा आरामका लागि बस्नुभएको थियो । होटलमा एक्कासी बेहोश भएपछि सदरमुकाम चरिकोटमा उपचारको लागि पठाइएकोमा उपचारको क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्