तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा उपमहानगरका जनप्रतिनिधिसहित १६ जनाविरुद्ध उजुरी

बारा । बाराको जीतपुुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिसहित १६जना बिरुद्ध अख्तियारमा उजुुरी परेको छ ।

बाराका १६ स्थानीय तहमध्ये जीतपुरसिमरा उपमहानगरमा तीन वर्षयता दर्जनौं शीर्षकमा अख्तियारमा परेको उजुरीमा पहिलो देखिएको छ । स्थानीय सरकारका जनप्रतिनिधि, कर्मचारी र सम्बन्धित पक्षबीच मिलोमतो देखिएको भन्दै अधिकांश उजुरी परेपछि अन्य तहको तुलनामा जीतपुरसिमरा उपमहानगर अख्तियारमा उजुरीको तथ्याङ्कमा उच्च देखिएको हो ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म जिल्लास्थित १६ स्थानीय तहको कार्यालयमा भ्रष्टाचार भएको भन्दै अख्तियार अनुसन्धान आयोग हेटौँडामा १ सय ६४ उजुरी परेका छन् जसमा अन्य तहभन्दा अत्यधिक जितपुर सिमरा उपमहानगरको रहेको आयोगले जनाएको छ ।

उपमहानगरका ७ जनप्रतिनिधि, ९ कर्मचारी र ५ अन्य व्यक्तिको नाममा भ्रष्टाचारको उजुरी परेको अख्तियार हेटौंडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button