तपाईँ सुन्दै हुनुहुन्छः

करेण्ट लागेर हात्तीको मृत्यु

सप्तरी । सप्तरीमा करेण्ट लागेर हात्तीको मृत्यु भएको छ । योसँगै डेढ महिनाभित्र करेन्ट लागेर दुई हात्तीको मृत्यु भएको छ ।

खडक नगरपालिकामा एउटा हात्तीको करेन्ट लागेर मृत्यु भएको हो । हात्तीको आतंकविरुद्ध नगरपालिकाको वडा नम्बर ४ अमहामा स्थानीयले जोडेको विद्युतीय धरापमा परी शनिबार बिहान हात्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको भाले हात्ती गाउँ प्रवेश गर्न लाग्दा करेन्ट लागेर मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर प्रसाद साहले बताउनुभयो ।

सप्तरीकै कञ्चनरुप नगरपालिकामा यसअघि मंसिर ७ मा एउटा हात्तीको करेन्ट लागेर नै मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button