सल्यानमा सुन्तला उत्पादन घट्ने अनुमान

सल्यान । सल्यानमा यस वर्ष सुन्तला उत्पादन घट्ने देखिएको छ । जिल्लाको समग्र सुन्तला उत्पादन गत वर्ष भन्दा ३० प्रतिशतसम्म घट्ने अनुमान गरिएको कृषि विकास कार्यालय सल्यानले गरेको हो ।
फूल फूल्ने र दाना लाग्ने समयमा भएको वर्षाका कारण यो वर्ष सुन्तला उत्पादनमा कमी आउने अनुमान कार्यालयले गरेको हो ।
जिल्लाका बागचौर नगरपालिका सहित विभिन्न गाउँपालिकाहरुमा व्यावसायिक रुपमा सुन्तला खेती हुदै आएको छ ।
अघिल्लो वर्ष सल्यानमा ९ सय ८० हेक्टरमा भएको खेतीबाट १० हजार ६ सय ९० मेटिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनुभयो ।
विगतको वर्षभन्दा यो वर्ष आधा भन्दा बढीले उत्पादन घटेको बागचौर नगरपाकिला ८ का किसान भरतनाथ योगीले बताए । गत वर्ष झन्डै २१ करोडको सुन्तला बिक्री गरेका योगीले यो वर्ष ५–६ करोडको पनि हुन्छ की हुँदैन निश्चित नभएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्