कालिमाटीका पसलमा भुक्तानीका लागि ‘क्युआर कोड’ सेवा सुरु
काठमाडौं । प्रभु बैंकको अग्रसरतामा देशकै ठूलो तरकारी तथा फलफूल बजार कालिमाटीका पसलमा भुक्तानीका लागि ‘क्युआर कोड’ सेवा सुरु भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्युआर कोड विद्युतीय भुक्तानी सेवाको शुकबार शुभारम्भ गर्नुभयो ।
गभर्नर अधिकारीले कालिमाटी बजारमा चार सय रुपैयाँ हाराहारीको तरकारी खरीद गरी क्युआरबाट भुक्तानी गर्दै क्युआर कोडको भुक्तानी सुरक्षित रहेको र यसलाई देशका विभिन्न भागमा पुर्याएर ‘लेस क्यास इकोनोमी’ तर्फ मुलुकलाई लैजान राष्ट्र बैंक कटिबद्ध रहेको बताउनुभयो ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले क्युआर कोड विद्युतीय भुक्तानीमा क्रान्ति भएको भन्दै यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्