सीमा क्षेत्रमा एकीकृत भन्सार जाँचचौकीको निर्माण शुरु
बाँके । बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य शुरु भएको छ ।
भारतीय सिमानासँग जोडिएको बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा एकीकृत भन्सार जाँच चौकी निर्माण हुन लागेको हो ।
भारततर्फ भवन निर्माणको काम २५ प्रतिशत सम्पन्न भएको छ भने नेपालतर्फ जग खन्ने र बाटो बनाउने काम भइरहेको छ ।
नेपाल र भारतबीच भएको सम्झौताबमोजिम एकीकृत भन्सार जाँचचौकी बन्न लागेको हो । जाँचचौकी निर्माणका लागि नेपाल सरकारले झण्डै ९१ बिघा जमीन अधिग्रहण गरिसकेको छ ।
त्यस क्षेत्रको बढदो व्यापारलाई दृष्टिगत गरी भारत र नेपालको आयात–निर्यातलाई सहज व्यवस्थापन गर्न निर्माण हुन लागेको एकीकृत भन्सार जाँचचौकी कोशेढुङ्गा सावित हुने आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इञ्जिनीयर होमनाथ भुसालले बताउनुभयो ।
जाँचचौकी निर्माणका लागि झण्डै १ अर्ब ३६ करोड (भारतीय रुपैयाँ) रकम छुट्याइएको छ ।








प्रतिक्रिया राख्नुहोस्